मेलबर्नको लालोर क्षेत्रको काउन्सिल निर्वाचनमा नेपाली चेली सामु उप्रेतीको उम्मेदवारी घोषणा

मेलबर्नको लालोर क्षेत्रको काउन्सिल निर्वाचनमा नेपाली चेली सामु उप्रेतीको उम्मेदवारी घोषणा
नेपालआईज
१७ असार २०८२ १८:३३

अष्ट्रेलिया | मेलबर्नको लालोर क्षेत्रमा बसोबास गर्दै आएकी नेपाली मूलकी सामु उप्रेतीले आगामी स्थानीय काउन्सिल निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। “समावेशी र पहुँचयुक्त समुदाय निर्माण” भन्ने नारासहित उनले स्थानीय समुदायका आवाज काउन्सिलमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

उप्रेतीले काउन्सिल सदस्यको रूपमा निर्वाचित भएमा जनताको आवाज सुन्ने मात्र नभई ती मुद्दाहरू काउन्सिल बैठकमा स्पष्ट रूपमा उठाउने र समाधानका लागि पहल गर्ने बताएकी छिन्।

उनको मुख्य एजेन्डा सामुदायिक सेवामा सहज पहुँच र खर्च कटौती हो। विशेष गरी पौडी पोखरी, खेलकुद सुविधा, स्वास्थ्य तथा तन्दुरुस्ती कार्यक्रमहरूमा सबै वर्गको सहभागिता सुनिश्चित गरिने उनको प्रतिबद्धता छ।

सामु उप्रेतीको प्राथमिकता

  • सबैका लागि न्यायसंगत र सस्तो सेवा पहुँच
  • परिवार लक्षित बालबालिका शिक्षा, चाइल्डकेयर, मातृ तथा शिशु स्वास्थ्य सेवा
  • ज्येष्ठ नागरिकका लागि सस्तो र समावेशी कार्यक्रमहरू
  • विशेष आवश्यकता भएका बालबालिका र परिवारका लागि लक्षित सेवा विस्तार

उप्रेतीले नेपाली समुदायलाई सम्बोधन गर्दै भनिन्ः

“तपाईंको मतले मलाई काउन्सिल चेम्बरमा तपाईंको आवाज बन्ने अवसर दिन्छ। मलाई समर्थन गर्नुहोस्, म तपाईंको पक्षमा बोल्नेछु।”

उनको अभियानले स्वास्थ्य सेवा, सामुदायिक कार्यक्रम, परिवार–बालबालिका, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका समुदायका सदस्यहरूलाई लक्षित गर्दै सुलभ, समावेशी र दिगो विकासमा जोड दिएको छ।

“हामी सबै मिलेर आजको लालोर बलियो बनाऔं। म तपाईंको चिन्ता र प्राथमिकता काउन्सिलमा प्रतिनिधित्व गर्न प्रतिबद्ध छु,” उनले भनिन्।

भोटको जानकारी

Postal Vote:

१४ जुलाईदेखि १ अगस्ट २०२५

समाप्ति समय: साँझ ६:०० बजे

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर