अकल्याण्ड । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याण्डको आगामी २०२५–२०२७ कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ। संघको अध्यक्ष पदमा डा.अर्याल निर्विरोध विजयी भएका हुन् ।
निर्वाचनमा १३ जना आवश्यक एनसीसी सदस्य पदका लागि ९ जनाको उम्मेदवारी परेको थियो । बाँकी पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचित पदाधिकारीहरू
- उपाध्यक्ष (नर्थ आइल्याण्ड): टेक बहादुर गुरुङ (पापामोआ)
- उपाध्यक्ष (साउथ आइल्याण्ड): कृष्णप्रसाद भण्डारी (क्राइष्टचर्च)
- महासचिव: नरहरि (कमल) बासेल (ह्यामिल्टन)
- सचिव (नर्थ आइल्याण्ड): सुरेश बुढा थापा (अकल्याण्ड)
- सचिव (साउथ आइल्याण्ड): मिलन जीसी (गोर)
- कोषाध्यक्ष: सुलभ पौडेल (लिङ्कन)
- उप–कोषाध्यक्ष: हरिओम सापकोटा (क्विन्सटाउन)
- आईसीसी सदस्य: टीकाराम गिरी (इनभरकार्गिल)
एनसीसी सदस्यहरु
- प्रक्षिश निरौला (टिमारु)
- सीमा थापा (ह्यामिल्टन)
- उज्वल बास्ताकोटी (इनभरकार्गिल)
- नमिता दवाडी (क्राइष्टचर्च)
- आशिक बान्सतोला (डुनेडिन)
- दमोधर घिमिरे (अकल्याण्ड)
- रामचन्द्र अर्याल (अकल्याण्ड)
- सुरेश लामा (क्राइष्टचर्च)
- गोविन्दप्रसाद निरौला (वेलिङटन)
निर्वाचित पदाधिकारीहरू न्युजिल्याण्डका विभिन्न भौगोलिक क्षेत्रहरूबाट प्रतिनिधित्व गर्दै आएका छन्, जसले संघलाई अझ समावेशी र सबै क्षेत्रका नेपालीको साझा संस्था बनाउने नव निर्वाचित अध्यक्ष अर्यालले बताए ।
संघको निर्वाचन प्रक्रियामा लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्दै पारदर्शिता कायम गरिएको र नेतृत्व चयनले आगामी दिनमा प्रवासी नेपालीको हकहित र पहिचान संरक्षणमा थप योगदान पुर्याउने विजय पछि डा.अर्याले विश्वास व्यक्त गरेका छन् ।