नारी निकुञ्ज भिक्टोरियाको संयोजकमा बिना अधिकारीको उम्मेदवारी घोषणा

नारी निकुञ्ज भिक्टोरियाको संयोजकमा बिना अधिकारीको उम्मेदवारी घोषणा
नेपालआईज
२२ असार २०८२ २२:३८

 मेलबर्न /  भिक्टोरियाकी महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता  बिना अधिकारीले गैर-आवासीय नेपाली संघ अष्ट्रेलिया अन्तर्गतको नारी निकुञ्ज भिक्टोरियाको संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्। भिक्टोरियामा रहेका नेपाली समुदायका महिलाहरूको सेवा र प्रतिनिधित्व गर्न पाउँदा आफू अत्यन्तै उत्साहित भएको उनले बताएकी छिन्।

अधिकारीले एकता र सशक्तीकरणको शक्तिमा आफूलाई पूर्ण विश्वास रहेको बताउँदै नेपाली महिलाहरूको अधिकार, कल्याण र प्रगतिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। उनले समुदायको विकासका लागि प्रत्येक व्यक्तिलाई सफल हुन र योगदान पुर्‍याउन समान अवसर मिल्नुपर्नेमा जोड दिएकी छिन्।

यदि नारी निकुञ्ज संयोजकमा निर्वाचित भएमा, उनले महिलाहरूले सामना गर्ने विशिष्ट चुनौतीहरूलाई सम्बोधन गर्न र सबैले फस्टाउन सक्ने समावेशी वातावरण निर्माण गर्न आफ्नो समय र प्रयास समर्पित गर्ने बताएकी छिन्।

उनले एनआरएनएका उद्देश्यहरूमा सामुदायिक संलग्नता, सञ्जाल र समर्थन, सांस्कृतिक आदानप्रदान, वकालत र प्रतिनिधित्व, परोपकार र सामाजिक कार्य, सामाजिक कल्याण कोष, दोहोरो नागरिकताका लागि पैरवी, सीप, ज्ञान र नवप्रवर्तन, र युवा उद्यमशीलता लगायतका बुँदाहरू राम्रो रहेको उल्लेख गरेकी छिन्। एनआरएनए अष्ट्रेलियाको चुनाव यही जुलाई २६ तारिखमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर