मेलबर्न – गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि भिक्टोरिया राज्यमा ‘टिम एकता’ ले आफ्नो पूर्ण उम्मेदवार सूची सार्वजनिक गरेको छ। आगामी २६ जुलाईमा हुने निर्वाचनका लागि टिम एकता “संस्थागत रूपान्तरण, सामाजिक एकता र एनआरएनप्रतिको प्रतिबद्धता” भन्ने मूल नाराका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएको हो।
राज्य संयोजक पदमा द्रोण पन्त समिरले उम्मेदवारी दिएका छन्। उप–संयोजकमा विश्व सिलवाल, सचिवमा देवेन्द्र बजगाईं, कोषाध्यक्षमा खिम गौतम र सह–सचिव पदका लागि पुष्कर भट्टराई उम्मेदवार बनेका छन्। नेतृत्व तहमा अनुभवी तथा समर्पित व्यक्तित्वलाई अघि सारिएको टिम एकताले जनाएको छ।
सचिवालय सदस्य पदका लागि के. राज खनाल, रविन फुँयाल, रविन उप्रेती, पुष्पराज पाण्डे, मनिष काफ्ले, पवन खतिवडा, विवेक लुइँटेल र विपुल ज्ञवालीले उम्मेदवारी दिएका छन्। टिमले अनुभव र कार्यकुशलता भएका सदस्यहरूलाई सशक्त प्रतिनिधित्व दिने उद्देश्य राखेको छ।
युवा संयोजनमा पनि टिम एकता अग्रसर देखिएको छ। युवा संयोजक पदमा सनराइज ज्ञवाली छन् भने युवा सदस्य पदमा शंकर श्रेष्ठ, सरोज सापकोटा, भूपाल रेग्मी, सुदीप शाही, असीष खनाल र सञ्जय बनियाँ उम्मेदवार बनेका छन्। टिमले युवालाई नेतृत्वमा अघि ल्याउने संयोजक पदका उम्मेदवार ज्ञवालीको दावी छ ।
नारी निकुञ्जमा समेत टिम एकताले विविध क्षेत्र र पृष्ठभूमिका महिलाहरूलाई उम्मेदवार बनाएको छ। उम्मेदवारहरूमा संयोजक सिर्जना रायमाझी, पुष्पकला खड्का, अन्जुमा श्रेष्ठ, प्रीति श्रेष्ठ, राधिका गौतम, सुजता राई र सुजता चौलागाईं रहेका छन्। टिमको भनाइमा, नारी सहभागिताको सशक्त प्रतिनिधित्वमार्फत समावेशी नेतृत्वलाई प्राथमिकता दिइएको छ।
हालसम्म अन्य प्रतिस्पर्धी प्यानलहरूको औपचारिक घोषणा भइनसकेको भए पनि टिम एकताको संरचना र उपस्थितिले चुनावी माहोललाई तीव्र बनाएको छ।
Good luck everyone! All the best wishes for members
I would like to see how much work out than before
Thank you