मेलबर्न–भिक्टोरिया सरकारले सवारी दुर्घटना न्यूनीकरणका लागि मोबाइल फोन र सिट बेल्ट निगरानी क्यामेरा राज्यभरि तिव्र रूपमा विस्तार गरेको छ। यी क्यामेराले मोबाइल चलाउँदा वा सिट बेल्ट नलगाउँदा तत्कालै चालकमाथि कानुनी कारबाही गर्नसक्ने गरी प्रविधिमा आधारित बनाइएको छ।
किन गरिएको कडा निगरानी?
गाडी चलाउँदा मोबाइल फोनको अवैध प्रयोगले गम्भीर दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा बढाउँछ। भिक्टोरियामा स्वचालित मोबाइल फोन निगरानी प्रणालीको प्रयोगले प्रत्येक वर्ष ९५ वटा दुर्घटना घटाउने अनुमान गरिएको छ।
कसरी काम गर्छ क्यामेरा प्रणाली?
- प्रत्येक मोबाइल क्यामेरा ट्रेलरमा २ वटा उच्च गुणस्तरको क्यामेरा र इन्फ्रारेड फ्ल्यास जडान गरिएका छन्।
- दिनरात, मौसम र ट्राफिकको अवस्था जस्तोसुकै भए पनि यी क्यामेराले स्पष्ट फोटो खिच्छन्।
- एआई (Artificial Intelligence) प्रविधिबाट फोटो स्वतः स्क्यान गरिन्छ।
- सम्भावित उल्लंघन देखिएमा त्यो फोटो स्वतन्त्र अधिकृतले पुन: जाँच गर्छन्।
- चालकले मोबाइल चलाएको वा सिट बेल्ट नलगाएको प्रमाण भेटिएमा कारबाही गरिन्छ।
कसरी थाहा पाउने कि तपाईंलाई कारबाही गरिएको छ?
यदि तपाईंले नियम उल्लंघन गर्नुभयो भने fines.vic.gov.au मा गएर आफ्नो फोटो प्रमाण हेर्न सक्नुहुन्छ।
फोटो विवरण:
- गाडीको नम्बर प्लेट स्पष्ट देखिने छ।
- दुई फरक कोणबाट गाडी भित्रको तस्वीर खिचिन्छ:
- सामुन्ने कोण – फोन कानमा लगाएको वा सिट बेल्ट नलगाएको पत्ता लगाउन।
- माथिबाट तल झुकाइएको कोण – मोबाइल शरीरमा राखिएको वा छुने अवस्था पत्ता लगाउन।
फोटोमा चालक वा सवारीमा रहेका अन्य व्यक्तिको अनुहार देखिन सक्ने भए पनि फेसियल रिकग्निशन (अनुहार पहिचान प्रविधि) प्रयोग गरिएको छैन।
सरकारले ड्राइभर र यात्रुहरूको गोपनीयता सुरक्षित गर्न Victorian Information Commissioner सँग मिलेर काम गरिरहेको छ।
सवारी चलाउँदा मोबाइल प्रयोग नगर्नुहोस्, सिट बेल्ट लगाउनुहोस्, र क्यामेरा चेतावनीको पालना गर्नुहोस्। नियम उल्लंघन गर्दा $७०० जरिवाना र ५ डिमेरिट पोइन्ट लाग्नेछ। यो नियम जुलाई १ देखि लागु भएको हो ।
यी ठाँउमा छन एआई क्यामेरा ।