क्यापिटल टेरिटोरीमा अभिषेक उप्रेतीले संयोजक पदका लागि उम्मेदवारी दर्ता गराए…

क्यापिटल टेरिटोरीमा अभिषेक उप्रेतीले  संयोजक पदका लागि उम्मेदवारी दर्ता गराए…
नेपालआईज
३० असार २०८२ ०:०२

क्यानबेरा ।  यही जुलाई २६ मा हुने  गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन अन्तर्गत  एसिटीको  संयोजक पदका लागि अभिषेक उप्रेतीले  उम्मेदवारी दर्ता गराएका छन् ।

 निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएपछि  समाजसेवा र सामुदायिक नेतृत्वमा सक्रिय रहँदै आएका उप्रेतीले एनआरएनए लाई राजनीतिक प्रभावबाट मुक्त गराई समावेशी, जिम्मेवार र समर्पित नेतृत्व निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अनुभव र नेतृत्व यात्रा

 उनी सन् २०१९-२०२१ को कार्यकालमा NRNA ACT SCC को सदस्यका रूपमा कार्यरत थिए। यसका साथै, उनले क्यापिटल नेप्लिज कम्युनिटी को अध्यक्षका रूपमा पनि सफलतापूर्वक सेवा गरिसकेका छन्। क्यानबेरा, क्विनबियन, जेराबोमेऱरा र गूगङ क्षेत्रमा नेपाली समुदायसँग नजिक रहेर उनले सामाजिक गतिविधि, आपतकालीन सहयोग, र विभिन्न समन्वय कार्यहरूमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए ।  

उप्रेतीका उद्देश्यहरू

उप्रेतीले NRNA ACT SCC को संयोजकका रूपमा समुदायको हितमा केन्द्रित रहेर काम गर्ने आफ्नो प्राथमिक उद्देश्यहरू स्पष्ट पारेका छन्।

  • नेपाली डायस्पोराको हितमा केन्द्रित समन्वय र एकताको प्रवर्द्धन गर्ने: 
  • नयाँ पुस्तालाई नेपाली संस्कृति, भाषा र पहिचानसँग जोड्ने कार्यक्रम सञ्चालन गर्ने।
  • स्थानीय अष्ट्रेलियन संस्थाहरूसँग सहकार्य गर्दै नेपाली समुदायलाई सेवा दिन सक्ने संयन्त्र निर्माण गर्ने।
  • NRNA लाई सबैका लागि पहुँचयोग्य, जवाफदेही र कार्यशील बनाउने।
  • समुदायप्रति समर्पित, पारदर्शी र दलीय प्रभावबाट मुक्त नेतृत्वको अभ्यास गर्ने।

आफ्नो उम्मेदवारी घोषणा गर्दै उप्रेतीले भने, “नेतृत्व भनेको शक्ति होइन, जिम्मेवारी हो। म त्यो जिम्मेवारी उठाउन यहाँ आएको हुँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर