सिड्नी उडानको आडमा जनतालाई झुक्याउने प्रयास

सिड्नी उडानको आडमा जनतालाई झुक्याउने प्रयास
नेपालआईज
३ साउन २०८२ ११:२६

काठमाडौँ । अस्ट्रेलिया उडानको अनुमति अहिलेसम्म नपाएको अवस्थामा पनि नेपाल वायुसेवा निगम (नेवानि) का कार्यकारी अध्यक्ष युवराज अधिकारीले ‘सिड्नी उडान तयारी’ भन्दै सिंगापुर भ्रमण गरेको खुलासा भएको छ। उडान नपाउने निश्चितजस्तै देखिए पनि निगमले अनुमति आउनेछ भन्ने भ्रम सृजना गर्दै जनतालाई झुक्क्याउने प्रयास गरिरहेको देखिन्छ।

अस्ट्रेलियाको नागरिक उड्डयन सुरक्षा प्राधिकरण (कासा) ले नेपाली एयरलाइन्सको सुरक्षामा चिन्ता जनाउँदै अहिलेसम्म अनुमति दिएको छैन। उडान अनुमति नआउने लगभग पक्का भए पनि अध्यक्ष अधिकारीले सिड्नी उडानका नाममा सिंगापुरको चांगी एयरपोर्टमा बैठक गरेको दाबी गरेका छन्।

वास्तवमा, अधिकारी सिंगापुर गएकै मुख्य उद्देश्य वाइड बडी जहाजको इन्जिन मर्मत सम्बन्धी छलफल थियो। तर, प्राविधिक विषयमा कानुनी सल्लाहकार र मार्केटिङ प्रमुखलाई सहभागी गराएर गरिएको भ्रमणले थप शङ्का जन्माएको छ।

कार्यकालको अन्तिम तीन महिनामा इन्जिन ओभरहलको टेन्डर प्रक्रियालाई अघि बढाउने नाममा गरिएका यी भेटघाट र भ्रमणहरू ‘सिड्नी उडान’ को आडमा जनतालाई झुक्क्याउने प्रयास मात्र भएको देखिन्छ।

अस्ट्रेलिया–नेपाल सिधा उडान सम्भव कहिले अनुमति आउँछ त ?  प्रस्ट जवाफ कसैसँग छैन। तर, अस्ट्रेलिया उडानको बाहानमा भ्रमण र बैठकको खर्च भने जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको