मेलबर्न – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको हालै सम्पन्न निर्वाचनमा भिक्टोरिया राज्यमा गौरव सुनार नेतृत्वको युवा संयोजक प्यानलले विजय हासिल गरेको छ। यो जितसँगै युवा संयोजक पदसहित सम्पूर्ण प्यानलले समुदायमा आफ्नो बलियो उपस्थिति स्थापित गरेको छ।
युवा संयोजक पदमा गौरव सुनार विजयी भएका छन् भने उप–संयोजकमा बम बहादुर कुँवर निर्वाचित भएका छन्। त्यस्तै, सदस्य पदमा प्यानलका उम्मेदवार विवेक खत्री, जाङ्बु शेर्पा, आशिष गैरे, सुरेश सोटी र रविन्द्र रेग्मी विजयी भएका छन्।
निर्वाचनमा विजय पश्चात् युवा संयोजक सुनारले आफ्ना चुनावी प्रतिबद्धताहरू समुदायसँगको सहकार्यमा कार्यान्वयन गर्ने बताएका छन्। उनले युवाका मुद्दा र समग्र एनआरएनएको हितका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।