मेलबर्न / वास्तविक घटनामा आधारित नेपाली फिल्म “अन्जिला” अब मेलबर्नमा प्रदर्शन हुन लागेको छ। निर्देशक मिलन चाम्स द्वारा निर्देशन गरिएको यो फिल्म निर्माता प्रेमकुमार श्रेष्ठ ले निर्माण गरेका हुन्।
फिल्म सेप्टेम्बर १, सोमबार, बेलुकी ७ बजे देखि १० बजेसम्म चाइनाटाउन सिनेमा मा विशेष कार्यक्रमको रुपमा प्रदर्शन हुनेछ। हलको ढोका ६:३० बजे देखि खुल्नेछ।
फिल्मको कथा नेपाली खेलकुदमा सक्रिय महिला फुटबलर अन्जिला सुब्बा को जीवन संघर्षसँग जोडिएको छ। यसमा समाजका चुनौती, परिवारको योगदान र खेलप्रति उनको प्रतिबद्धताको जीवन्त चित्रण गरिएको छ।
एनआरएनए भिक्टोरियाका डिपुटी कोर्डिनेटर सशिन्द्र केसी का अनुसार, यो चलचित्र “अन्जिला” नेपालको पहिलो फिल्म हो जहाँ वास्तविक राष्ट्रिय कप्तान र गोलकिपरले अभिनय गरेका छन्। उनले बताए अनुसार, दर्शकबाट उठेको रकम अन्जिलाको काठमाडौँमा घर निर्माण गर्न प्रयोग गरिनेछ। केसीले थपे, “नेपालमा एक पनि राष्ट्रिय महिला खेलाडीको आफ्नै घर छैन। यसैले यो अभियानले राष्ट्रिय महिला खेलाडीको सम्मान र सहयोग दुवै गर्नेछ।”
प्रायोजकहरूमा Expert Education and Visa Services, Indreni Groceries, Kathmandu Properties, Better Choice, Best Mad Honey र Chandler RTO रहेका छन्।
यस चलचित्रको मेलबर्न शो Royal Westerns Club (RWC) र Expert Sagarmatha Blues (ESB) को आयोजनामा हुने भएको हो।