अष्ट्रेलियामा प्रहरी हत्याको आरोपी  डेझीको खोजीमा सेना परिचान,आत्मसमर्पण गर्न  प्रहरीको आग्रह 

अष्ट्रेलियामा प्रहरी हत्याको आरोपी  डेझीको खोजीमा सेना परिचान,आत्मसमर्पण गर्न  प्रहरीको आग्रह 
नेपालआईज
१८ भदौ २०८२ २२:५३

मेलबर्न । भिक्टोरियामा प्रहरी अधिकारीको हत्या अभियोग लागेका डेझी फ्रिम्यानको खोजी नवौँ दिनमा प्रवेश गर्दा अष्ट्रेलियन डिफेन्स फोर्स  पनि अभियानमा सहभागी भएको छ।

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री रिचर्ड मार्लेसले एक सैन्य योजना विज्ञ र हवाई निगरानी साधनहरू प्रहरीसँग संयोजनमा खटाइएको जानकारी दिए। उनले एबीसीसँग भने, *“अष्ट्रेलियन डिफेन्स फोर्सले भिक्टोरियन प्रहरीसँग सहकार्य गर्दै उपलब्ध साधन र क्षमताका आधारमा फ्रिम्यानलाई न्यायसमक्ष ल्याउन सहयोग गर्नेछ।”

५६ वर्षीय फ्रिम्यानमाथि भिक्टोरियाको पोरेपुनकाहस्थित घरमा तलासी वारन्ट कार्यान्वयनका क्रममा प्रहरी अधिकारी निल थोम्पसन (५९) र भाडिम डि वार्ट (३५) लाई गोली हानी हत्या गरेको र तेस्रो अधिकारीलाई घाइते बनाएको आरोप छ। उनी “सार्वभौम नागरिक” आन्दोलनसँग जोडिएको बताइन्छ।

घटना पश्चात् उनलाई कसैले सहयोग गरिरहेको आशंका प्रहरीले गरेको छ। वाङ्गाराट्टा क्षेत्रमा प्रहरीले हिजो अनेक सम्पत्तिमा छापा मार्यो। त्यहाँ चर्च नजिकै इन्फर्मेसन कराभान स्थापना गरी स्थानीयवासीलाई सूचना दिन आग्रह गरिएको छ।

भिक्टोरिया प्रहरीका सुपरिन्टेन्डेन्ट ब्रेट कहानले फ्रिम्यानलाई ‘ट्रिपल जीरो’ मा सम्पर्क गरी आत्मसमर्पणको योजना बनाउन आग्रह गरे। उनले फ्रिम्यानलाई आश्रय वा सहयोग गर्दै आएका व्यक्तिहरूलाई पनि अघि आउन चेतावनी दिए।

फ्रिम्यानकी पत्नी अमालियाले समेत आफ्ना श्रीमानलाई आत्मसमर्पण गर्न अपील गरेकी छन्।

पूर्व प्रहरी अधिकारी इयान वेचका अनुसार फ्रिम्यानलाई पत्ता लगाउन नसक्नुको कारण उनी कुनै निश्चित स्थानमा लुकेर नभई लगातार घुम्न सक्ने गरी सहयोग पाइरहेको हुन सक्छ।

प्रहरीले हिजो पनि फ्रिम्यानको सम्पत्तिमा भारी सुरक्षासहित पुनः प्रवेश गर्‍यो। त्यस क्रममा आर्मर्ड बेयरक्याट वाहनसहितका उपकरण परिचालन गरिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर