मेलबर्नमा दु:खद दुर्घटना , कंगारु उद्धार गर्ने क्रममा दुई महिलाको मृत्यु

मेलबर्नमा दु:खद दुर्घटना , कंगारु उद्धार गर्ने क्रममा दुई महिलाको मृत्यु
नेपालआईज
१९ भदौ २०८२ २१:१५

मेलबर्न/ मेलबर्नमा दुई महिलाको कंगारुलाई बचाउने क्रममा गाडीले ठक्कर दिँदा मृत्यु भएको छ।

ह्युम फ्रीवे, क्रेगिबर्न नजिक बिहीबार साँझ करिब ७:३० बजे महिलाहरू आफ्नो कारबाट ओर्लिएर घाइते कंगारुलाई मद्दत गर्ने प्रयासमा थिए। त्यही क्रममा अर्को कारले ठक्कर दिँदा दुवैको घटनास्थलमै ज्यान गयो।

प्यारामेडिक्सले तत्काल उद्धार प्रयास गरे पनि दुवै महिलालाई बचाउन सकेनन्। घटना भएको स्थान केही समयका लागि यातायातका लागि बन्द गरिएको प्रहरीले जनाएको छ।

उद्धार गर्न खोजिएको उक्त कंगारुको पनि मृत्यु भएको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर