Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
एएनएमसीले भिक्टोरियाका मन्त्री र सांसदहरूसँग राख्यो मल्टिकल्चरल हल निर्माण प्रस्ताव !
नेपालआईज
२१ भदौ २०८२ १०:०६
मेलबर्न । अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (ANMC) ले शनिबार बहुसांस्कृतिक मामिला मन्त्री इन्ग्रिड स्टिट, सांसद जोश बुल र सांसद क्याथलिन म्याथ्युज-वार्डसँगको विशेष बैठकमा ‘मल्टिकल्चरल हल’ निर्माणको प्रस्ताव पेस गरेको छ।
बैठकमा ANMC का अध्यक्ष तिलक पोखरेलले संस्थाको गतिविधि र ‘मल्टिकल्चरल हल’ निर्माणको आवश्यकता प्रस्तुत गरेका थिए। मन्त्री स्टिटले ANMC को पहल र योगदानको प्रशंसा गर्दै आफू र सरकारको समर्थन रहने स्पष्ट पारिन्। जोश बुलले आफ्नो निर्वाचन क्षेत्रमा ANMC ले पुर्याएको योगदानलाई औंल्याउँदै दृढ समर्थनको आश्वासन दिए भने क्याथलिन म्याथ्युज-वार्डले मन्त्री र बुलसँग सहकार्य गरेर परियोजना अगाडि बढाउने प्रतिबद्धता जनाइन्।
यसपछि इन्द्र जात्रा समारोहमा विपक्षी दलका उपनेता तथा बहुसांस्कृतिक मामिलाका छायामन्त्री इभान मुलहोल्यान्ड र सांसद स्टिभ म्याक्गी पनि उपस्थित थिए। उनीहरूले नेपाली समुदाय र ANMC को भूमिकाको प्रशंसा गरेका थिए । उक्त भेटमा भिक्टोरियाका लागि नेपाली वाणिज्य दूत निराजन गौलीको पनि उपस्थिति रहेको थियो ।
ANMC का अध्यक्ष पोखरेलले इन्द्र जात्रा कार्यक्रमलाई सफल र अविस्मरणीय बनाउन महत्त्वपूर्ण योगदान पुर्याएकोमा नेवा गुठी मेलबर्नलाई विशेष धन्यवाद दिएका छन्।