मेलबर्नको पास्कोभेल ट्रेन स्टेशनमा मृत भेटिएका नेपाली विद्यार्थी सन्तोष बोहरा : शव नेपाल पठाउन आर्थिक संकलन अभियान सुरु

मेलबर्नको पास्कोभेल ट्रेन स्टेशनमा मृत भेटिएका नेपाली विद्यार्थी सन्तोष बोहरा : शव नेपाल पठाउन आर्थिक संकलन अभियान सुरु
नेपालआईज
२९ भदौ २०८२ ८:३७

मेलबर्न — अष्ट्रेलियाको मेलबर्नस्थित पास्कोभेल ट्रेन स्टेशन नजिकै सेप्टेम्बर ११ को बिहान भएको दुःखद घटनामा नेपाली विद्यार्थी सन्तोष बोहराको मृत्यु भएको छ। बोहरा विद्यार्थी भिसामा अष्ट्रेलिया आएका थिए र परिवारको उज्ज्वल भविष्य निर्माण गर्ने लक्ष्यसहित अध्ययनरत थिए।  भक्तपुरका स्थायी बासिन्दा हुन् ।

भिक्टोरिया प्रहरीका अनुसार उक्त घटनाबारे हाल कोरोनर कार्यालयमार्फत अनुसन्धान भइरहेको छ। यस विषयमा भिक्टोरियास्थित नेपाली वाणिज्यदूत निराजन गौलीले परिवार तथा सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको जानकारी दिनुभयो।

बोहराको पार्थिव शरीर नेपाल पठाउन आर्थिक संकलन अभियान सुरु गरिएको छ। सुस्मिता पौडेलको पहलमा सुरु गरिएको गोफण्डमी (GoFundMe) अभियानमार्फत आवश्यक सहयोग जुटाउने कार्य भइरहेको छ। परिवारको इच्छाअनुसार अन्तिम संस्कार नेपालमै सम्पन्न गर्न झन्डै १५ हजार डलर खर्च लाग्ने अनुमान गरिएको छ।

आयोजकहरूले सन्तोषलाई मातृभूमि फर्काउन नेपाली समुदाय र शुभेच्छुकहरूलाई सहयोगका लागि आह्वान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर