कहाँ गए यी झण्डा : वाणिज्यदूत कार्यालय भन्छ-चोरी भए

कहाँ गए यी झण्डा : वाणिज्यदूत कार्यालय भन्छ-चोरी भए
नेपालआईज
४ असोज २०८२ ६:११

मेलबर्न। भिक्टोरियास्थित नेपाली वाणिज्यदूत कार्यालयको बाहिर फहराइएको झण्डा  गत मंगलबार चोरी भएको छ। वाणिज्यदूत कार्यालयका अनुसार प्रारम्भिक रूपमा हावाले झण्डा तल झरेको हुँदा सोही दिन हेन्डिम्यानमार्फत पुनः राखिएको  थियो। तर भोलिपल्ट कार्यालयका कर्मचारीले हेर्दा डोरी काटेर झण्डा चोरी भएको पाइएको जनाइएको छ।

यद्यपि कार्यालयले यसबारे प्रहरीलाई जानकारी नदिएको स्पष्ट गरेको छ। भिक्टोरियाका सामाजिक अभियन्ता  निराजन गौली वाणिज्यदूतमा नियुक्त भएपछि गत १६ मार्चमा नेपाली राजदूत चित्रालेखा यादवले विशेष समारोहबीच कार्यालय अगाडि झण्डोतोलन गरेकी थिइन्।

वाणिज्यदूत निराजन गौलीका अनुसार भदौ २३ र २४ मा नेपालमा “जेन–जेड आन्दोलन” सफल भएपछि वाणिज्यदूत कार्यालय अगाडि “केपी ओली मुर्दावाद” लेखिएको पोस्टर टाँसिएको थियो। उक्त घटनापछि फेडरल प्रहरीले कार्यालयको सुरक्षा व्यवस्थाप्रति चासो देखाएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर