एप्पिङ–वल्लर्ट नेपाली कम्युनिटी (EWNC) को वार्षिक साधारणसभा २०२५ सेप्टेम्बर २३ मा सम्पन्न भई नयाँ कार्यसमिति चयन भएको छ। आगामी दुई वर्षका लागि निर्वाचित कार्यसमितिको नेतृत्व अध्यक्ष मनोज पौडेल (निमो) ले गर्ने भएका छन्। उपाध्यक्ष अनुप पराजुली, महासचिव विवेक भट्टराई र कोषाध्यक्ष प्रकाश सुवेदी रहेका छन् भने सदस्यमा बिशाल ढकाल, शरद अर्याल (बाल वाटिका संयोजक तथा प्रिन्सिपल), जेनिशा पौडेल , सरोज कार्की, सुजन कोजु, सन्ध्या बिदारी, निबा प्रजापति साहुखल, प्रतिक्षा मरासिनी, जीवन सापकोटा र गोविन्द पाठक चयन भएका छन्।
निवर्तमान अध्यक्ष कृष्ण सापकोटा (कार्यकाल २०२३–२०२५) नेतृत्वमा EWNC ले समुदायको हितमा पुर्याएको योगदानलाई उच्च सम्मान गर्दै धन्यवाद व्यक्त गरिएको छ। नयाँ कार्यसमितिले EWNC स्पोर्ट्स, बाल वाटिका, सिनियर्सलगायतका गतिविधिलाई अझ प्रभावकारी बनाउँदै समुदायको एकता, सांस्कृतिक गौरव र सामूहिक प्रगतिलाई अघि बढाउने प्रतिबद्धता जनाएको छ।