क्यानबेरा । क्यापिटल टेरिटोरी प्रहरी (ACT Police) ले हालै बेपत्ता भएका २३ वर्षीय नेपाली मूलका युवा नसिब गर्तौलालाई खोजी गर्न सार्वजनिक सहयोगको अपिल गरेको छ।
नसिबलाई अन्तिम पटक शनिबार, नोभेम्बर २२ काे साँझ करिब ५ बजे डफी क्षेत्रमा देखिएको थियो। उनी घरबाट ‘हिँड्न जाँदैछु’ भनेर निस्किएका थिए, तर त्यसपछि फर्केका छैनन्।
प्रहरीले दिएको विवरण अनुसार, गर्तौला अन्तिम पटक कालो हुडी भएको जम्पर, कालो ट्र्याकप्यान्ट र कालो स्यान्डल लगाएको अवस्थामा देखिएका थिए।
उनी उक्त क्षेत्रसँग अपरिचित भएकोले प्रहरी र परिवारजनले उनको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। नसिबलाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी हुनेहरूलाई सन्दर्भ नम्बर 8225191 उल्लेख गरी ACT प्रहरीलाई १३१ ४४४ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

