बलाराटमा गुडविल फाइनान्स कप, फेब्रुअरी १५ हुने

बलाराटमा गुडविल फाइनान्स कप, फेब्रुअरी १५ हुने
नेपालआईज
१६ माघ २०८२ ११:४५

 मेलबर्न ।  अष्ट्रेलियाको भिक्टोरिया राज्यको ग्रामिण क्षेत्रीय सहर बलाराटमा नेपाली समुदायको आयोजनामा एक भव्य फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। बालाराट नेपाली फुटबल क्लब (बी.एन.एफ.सी) को आयोजनामा हुन गइरहेको ‘गुडविल फाइनान्स कप २०२६’ एक ७-ए-साइड फुटबल प्रतियोगिता हो।

यो प्रतियोगिता फेब्रुअरी १५, आइतबार , बिहान ८ बजेदेखि बलाराटस्थित बनिन्योंग रोयल पार्कमा आयोजना गरिनेछ।

भिक्टोरियाका विभिन्न स्थानबाट करिब १६ वटा नेपाली समुदायका फुटबल क्लबहरू सहभागी हुने अपेक्षा गरिएको छ। प्रतियोगिता दुई वर्ग -ओपन एज्ड र भेटेरान्स—मा सञ्चालन हुनेछ।

आयोजकका अनुसार क्षेत्रीय भिक्टोरियामा आयोजना हुने नेपाली समुदायको सबैभन्दा ठूला फुटबल प्रतियोगितामध्ये एक हुने विश्वास लिइएको छ। खेलकुदमार्फत मित्रता, सद्भाव र समुदायबीचको सम्बन्ध मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

आयोजकले सम्पूर्ण खेलप्रेमी, नेपाली समुदायका सदस्य तथा स्थानीय बासिन्दाहरूलाई उपस्थित भई खेलाडीहरूको हौसला बढाउन आग्रह गरेका छन्।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि
ballaratnepalifootballclub@gmail.com मा इमेल गर्न सकिनेछ वा बालाराट नेपाली फुटबल क्लबको आधिकारिक फेसबुक पेजमार्फत जानकारी लिन सकिनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर