Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
एनआरएनए भिक्टोरिया युथ कप सिजन–५ सम्पन्न, विजेताहरूको घोषणा
नेपालआईज
११ फागुन २०८२ २३:१४
मेलबर्न । एनआरएनए अष्ट्रेलिया भिक्टोरियाद्वारा आयोजित ‘एनआरएनएए युथ कप – भिक्टोरिया टेबल टेनिस प्रतियोगिता सिजन–५’ गत सात शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
अन्डर–१७ (छात्र) तर्फ सुनिन शर्मा विजेता बन्दै ट्रफी, मेडल, प्रमाणपत्रसहित १५० डलर नगद पुरस्कार प्राप्त गरे । सामिक घिमिरे उपविजेता हुँदै १०० डलर नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।
अन्डर–१७ (छात्रा) तर्फ अन्तरा दाहाल विजेता भइन् । उनले १५० डलर नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । रिजुता श्रेष्ठ उपविजेता बन्दै १०० डलर नगद पुरस्कार हात पारिन् ।
महिला खुला तर्फ प्रेमिशा सिंह विजेता घोषित भइन् । उनले ट्रफी, मेडल, प्रमाणपत्रसहित ३०० डलर नगद पुरस्कार पाइन् । सुरभी थापा उपविजेता बन्दै २०० डलर प्राप्त गरिन् ।
पुरुष खुला तर्फ पियुष अवाल विजेता बने । उनले ५०० डलर नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उनी सिजन–४ का समेत विजेता हुन् । राजु सिल्पाकार उपविजेता बन्दै ३०० डलर प्राप्त गरे । साथै उनले भेट्रान (३५+) समूहको उपाधि समेत जिते ।
भेट्रान (३५+) तर्फ राजु सिल्पाकार विजेता बन्दै ४०० डलर नगद पुरस्कार हात पारे भने अनन्त हुमागाईं उपविजेता हुँदै २०० डलर प्राप्त गरे । कार्यक्रममा सबैभन्दा कम उमेर (१० वर्ष) की सहभागी मेगन महर्जनलाई विशेष ५० डलर नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रम संयोजक गौरव सुनार (युथ कोअर्डिनेटर, एनआरएनए भिक्टोरिया) रहेका थिए भने कार्यक्रम सञ्चालन बिक्रम कुँवरले गरेका थिए । स्वागत मन्तव्य महादेव धानुक (एनआरएनए एससीसी भिक्टोरिया संयोजक) ले दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि भिक्टोरियाका लागि नेपालको अवैतनिक वाणिज्यदूत निराजन गौली रहेका थिए ।
कार्यक्रमको शीर्ष प्रायोजक Student Destiny | Education and Visa रहेको थियो । कार्यक्रममा एनआरएनए भिक्टोरियाका उपाध्यक्ष शसेन्द्र गौतम केसी, समाजसेवी दीप चन्द लगायत विभिन्न सामुदायिक अगुवा तथा एनआरएनए पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रतियोगितामा टेक्निकल मेन्टरहरु छवि चौलागाईं र बिक्रम तिवारी, दीपिन जोशी,बिनय अधिकारी,सफल जंग केसी, सागर शाही, रविन्द्र रेग्मी र आशिष गैरेसहित सम्पूर्ण सहयोगीहरूलाई आयोजकले विशेष धन्यवाद ज्ञापन गरेको छ ।