एआईको प्रभाव, विश्वका प्रविधि कम्पनीमा ठूलो रोजगारी कटौती

एआईको प्रभाव, विश्वका प्रविधि कम्पनीमा ठूलो रोजगारी कटौती
नेपालआईज
१ चैत २०८२ ३:४३

एजेन्सी ।  विश्वभरका प्रविधि कम्पनीहरूमा कृत्रिम बुद्धिमत्ता (एआई)को तीव्र प्रयोग बढेसँगै यस वर्ष मात्रै करिब २३ हजार रोजगारी गुमिसकेको छ। विज्ञहरूले आगामी महिनामा अझ धेरै रोजगारी कटौती हुन सक्ने चेतावनी दिएका छन्।

अष्ट्रेलियाली सफ्टवेयर कम्पनी Atlassian ले विश्वभरका आफ्ना कर्मचारीमध्ये करिब १,६०० जना (१० प्रतिशत) लाई हटाउने घोषणा गरेको छ। कम्पनीले एआईको प्रयोग बढाउँदै व्यवसाय पुनर्संरचना गर्न लागेको जनाएको छ।

कम्पनीका सह–संस्थापक Mike Cannon-Brookes ले एआईका कारण आवश्यक सीप र रोजगारीको प्रकृति बदलिएको बताएका छन्।

यस वर्ष अन्य ठूला प्रविधि कम्पनीहरूले पनि व्यापक कर्मचारी कटौती गरेका छन्। Amazon मा करिब १६ हजार, Meta मा १,६००, WiseTech Global मा २,०००, Block Inc. मा ४,०००, Salesforce मा १,०००, eBay मा ८०० र Pinterest मा ७८० रोजगारी कटौती भएको छ।

ब्लक कम्पनीका सह–संस्थापक Jack Dorsey ले एआई उपकरण र सानो टोलीको प्रयोगले कम्पनी सञ्चालन गर्ने तरिका नै बदलिएको बताएका छन्।

यसैबीच, World Economic Forum को पछिल्लो प्रतिवेदनले सन् २०३० सम्म एआई र नयाँ प्रविधिका कारण ९२ मिलियन रोजगारी समाप्त हुन सक्ने तर १७० मिलियन नयाँ रोजगारी सिर्जना हुन सक्ने अनुमान गरेको छ।

विशेषज्ञहरूका अनुसार एआईले प्रविधि क्षेत्रको रोजगारी संरचनामा ठूलो परिवर्तन ल्याइरहेको छ। नयाँ प्रविधिसँग प्रतिस्पर्धा गर्न नसक्ने कम्पनीहरूले आगामी दिनमा अझ धेरै कर्मचारी कटौती गर्न सक्ने सम्भावना रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर