‘हाम्रो कम्युनिटी’को नयाँ कार्यसमिति घोषणा, अध्यक्षमा प्रकाश सापकोटा चयन

‘हाम्रो कम्युनिटी’को नयाँ कार्यसमिति घोषणा, अध्यक्षमा प्रकाश सापकोटा चयन
नेपालआईज
१५ चैत २०८२ २२:५८

मेलबर्न। ‘हाम्रो कम्युनिटी’ले २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा गरेको छ। सार्वजनिक गरिएको कार्यसमिति अनुसार प्रकाश सापकोटा अध्यक्षमा चयन भएका छन्।

नयाँ कार्यसमितिमा सुवास घिमिरे उपाध्यक्ष, रमेश मरासिनी सचिव र सुवास तिवारी सह–सचिवमा चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी सन्तोष अर्याल क्षेत्रीलाई दिइएको छ।

यस्तै, कार्यक्रम संयोजकमा रमेश अर्याल, सांस्कृतिक संयोजकमा प्रकाश सापकोटा, जनसम्पर्क अधिकारीमा बाबु गिरी र वर्णमाला प्रिन्सिपलमा प्रेम सापकोटा चयन भएका छन्। स्वास्थ्य तथा फिटनेस संयोजकमा उमा पचाभैया चयन भएकी छन्।

खेलकुद तथा युवा संयोजकमा दीपक विश्वकर्मा, महिला सशक्तीकरण अधिकारीमा दुर्गा पाण्डे, मिडिया संयोजकमा बिदुर त्रिपाठी तथा पर्व संयोजकमा विष्णु अर्याल सापकोटा चयन भएका छन्। टिम लायजन अधिकारीमा रमेश पौडेललाई जिम्मेवारी दिइएको छ।

नवनिर्वाचित कार्यसमितिले समुदायको एकता सुदृढ गर्दै सामाजिक, सांस्कृतिक तथा युवामुखी कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा प्रमुख प्रायोजक आईसीएस इन्टरनेशनलका केदार सापकोटा तथा ८८४८ फ्यामिली मार्टका विजय राजथला उपस्थित रहेका थिए। प्रमुख प्रायोजकका रूपमा केदार सापकोटाले सम्बोधन गर्दै समुदायको विकासमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा निवर्तमान अध्यक्ष प्रकाश अर्यालले आफ्नो कार्यकालको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने प्रकाश सापकोटाले आर्थिक प्रतिवेदन पेश गरेका थिए। कार्यक्रमको सञ्चालन शंकर अर्यालले गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर