भिक्टोरियाका सार्वजनिक विद्यालयमा हिन्दी र पंजाबी पढाइ सुरु

भिक्टोरियाका सार्वजनिक विद्यालयमा हिन्दी र पंजाबी पढाइ सुरु
नेपालआईज
२१ चैत २०८२ ३:३५

भिक्टोरिया/ अष्ट्रेलियाको Victoria मा सार्वजनिक विद्यालयहरूमा अब हिन्दी र पंजाबी भाषा पढाइ सुरु हुने भएको छ। लेबर सरकारद्वारा लाखौं डलर लगानी गर्दै भाषा कार्यक्रम र शिक्षक तालिम विस्तार गरिएको हो।

उपमुख्यमन्त्री तथा शिक्षा मन्त्री Ben Carroll ले यसै सत्रदेखि १८ जना हिन्दी र पंजाबी शिक्षक नियुक्त गरिएको जानकारी दिएका छन्। भारतीय आप्रवासी समुदायबाट आफ्नै भाषा शिक्षाको माग बढेपछि यो पहल गरिएको हो।

यी शिक्षकहरूलाई Monash University सँगको सहकार्यमा एक वर्षे “Languages Methodology Course” मार्फत तालिम दिइएको थियो। तालिमका लागि सरकारले १ लाख ५० हजार डलर छात्रवृत्ति उपलब्ध गराएको छ भने थप ३.५ मिलियन डलर VCE तहमा हिन्दी र पंजाबी पढाउन तीन विद्यालयमा लगानी गरिँदैछ।

सरकारका अनुसार यस कार्यक्रमले विद्यालयमा अन्तरसांस्कृतिक सम्बन्ध मजबुत बनाउनेछ। मोनाश विश्वविद्यालयले समेत यसलाई दक्षिण एसियासँग शैक्षिक र अनुसन्धान सहकार्य विस्तार गर्ने रणनीतिसँग जोडिएको जनाएको छ।

जनगणनाअनुसार भिक्टोरियामा हिन्दी र पंजाबी क्रमशः चौथो र आठौं बढी बोलिने भाषा हुन्, र यहाँ १ लाख ७० हजारभन्दा बढी मानिसले यी भाषा प्रयोग गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर