मेलबर्न । अष्ट्रेलियामा आप्रवासन नीतिलाई लिएर सरकार र प्रतिपक्षबीच विवाद चर्किएको छ। आप्रवासनसम्बन्धी नयाँ धारणा सार्वजनिक गरेपछि प्रतिपक्षी नेता Angus Taylor लाई लक्षित गर्दै गृहमन्त्री Tony Burke ले कडा प्रतिक्रिया दिएका छन्।
गृहमन्त्री बर्कले टेलरको भाषणप्रति प्रतिक्रिया दिँदै उक्त प्रस्तावले “एक पनि थप रोजगारी सिर्जना नगर्ने, एक पनि घर निर्माणमा योगदान नगर्ने र कसैलाई सुरक्षित बनाउन नसक्ने” टिप्पणी गरेका छन्।
उनले सरकारको नीति भने स्पष्ट रहेको बताउँदै भने, “सरकारले आप्रवासन संख्या घटाउँदै मापदण्ड उचाल्ने काम गरिरहेको छ।” बर्कका अनुसार टेलरको अभिव्यक्ति राष्ट्रिय हितभन्दा बाहिर रहेर ‘वन नेसन’ जस्ता दललाई सन्देश दिन केन्द्रित रहेको आरोप लगाए।
अंग्रेजी भाषा सम्बन्धी कडाइको प्रस्तावबारे पनि उनले प्रश्न उठाउँदै भने, “धेरै अष्ट्रेलियालीहरूले सोधिरहेका छन्— किन लिबरलहरूलाई आफ्ना आमाबुबासँग समस्या छ, जो राम्रो अंग्रेजी बोल्न नसके पनि उत्कृष्ट अष्ट्रेलियाली हुन्?”
यो विषयले अष्ट्रेलियाको आप्रवासन नीति, सामाजिक समावेशिता र बहुसांस्कृतिक पहिचानबारे पुनः बहस सुरु गराएको छ।