ग्रेटर शेप्पार्टन नेप्लिज कम्युनिटीकाे  अध्यक्षमा लेखनाथ अर्याल सर्वसम्मत

ग्रेटर शेप्पार्टन नेप्लिज कम्युनिटीकाे  अध्यक्षमा लेखनाथ अर्याल सर्वसम्मत
नेपालआईज
५ असार २०८३ १०:५४

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्य अन्तर्गत ग्रेटर शेप्पार्टन क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको साझा चौतारी ‘ग्रेटर शेप्पार्टन नेप्लिज कम्युनिटी’ (GSNC) ले नयाँ नेतृत्व पाएको छ। मंगलबार भव्य रूपमा सम्पन्न संस्थाको वार्षिक साधारण सभा ले लेखनाथ अर्यालको अध्यक्षतामा नयाँ कार्यसमितिलाई सर्वसम्मत रूपमा चयन गरेको हो।

स्थानीय नेपाली समुदायको बाक्लो र उत्साहजनक उपस्थितिका बीच सम्पन्न साधारण सभामा संस्थाको आगामी कार्यदिशा, समुदायको हित, र भावी संगठनात्मक सुदृढीकरणका विषयमा गहन छलफल भएको थियो। कार्यक्रममा उपस्थित सदस्यहरूले शेप्पार्टनमा नेपालीपन र नेपाली संस्कृति जोगाउन संस्थाले खेल्दै आएको भूमिकाको प्रसंशा गर्दै नयाँ टोलीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

यस्तो छ नयाँ कार्यसमिति

साधारण सभाले अर्यालको नेतृत्वमा ऊर्जावान् टोली चयन गरेको छ। जसमा पदाधिकारी र सदस्यहरूको जिम्मेवारी यसप्रकार रहेको छ:

  • अध्यक्ष: लेखनाथ अर्याल

  • सचिव: उज्वल रिसाल

  • सह–सचिव: अनु जोशी

  • कोषाध्यक्ष: भेष बराल

  • सल्लाहकारहरू: सफलता अधिकारी र ज्ञान लामा

कार्यसमितिको उपाध्यक्ष पद भने हाललाई रिक्त राखिएको छ। संस्थाका अनुसार उक्त पदमा उपयुक्त व्यक्तिको चयन चाँडै नै गरिनेछ।

कार्यसमिति सदस्यहरू

संस्थाका गतिविधिहरूलाई जनस्तरसम्म पुर्‍याउन र थप गतिशील बनाउन कार्यसमिति सदस्यहरूमा निम्न व्यक्तित्वहरू चुनिएका छन्:

  • विशाल कुँवर

  • भीम लामा

  • सुमन थापा

  • सुमित्रा बराल

  • मनिष पाण्डे

  • इन्द्रबहादुर कटुवाल

  • काजोल पोखरेल

  • कृष्ण कार्की

नवनिर्वाचित अध्यक्ष लेखनाथ अर्यालले सबैलाई समेटेर अघि बढ्ने र ग्रेटर शेप्पार्टन क्षेत्रमा रहेका नेपालीहरूको सुख-दुःखको साथीका रूपमा संस्थालाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको