पूर्वी युक्रेनका नागरिकलाई सरकारले भन्यो —तत्काल भाग वा मृत्युको सामना गर

पूर्वी युक्रेनका नागरिकलाई सरकारले भन्यो —तत्काल भाग वा मृत्युको सामना गर
नेपालआईज
२४ चैत २०७८ ३:३१

युक्रेनकी उपप्रधानमन्त्रीले पूर्वी युक्रेन— खार्किभ, लुहान्स्क र दोनेत्स्कका वासिन्दालाई ती क्षेत्र तत्काल खाली गर्न अनुरोध गरेकी छिन्। रुसी सेनाले सो क्षेत्रमा हमला तीब्र पार्ने त्रासबीच उपप्रधानमन्त्री इरिना भेरेश्चुकले सो अनुरोध गरेकी हुन्।

‘यो अहिले नै गर्नुपर्छ किनभने पछि मानिसहरू आगोमा पर्नेछन् र मृत्युको धम्कीको सामना गर्नेछन्’, उपप्रधानमन्त्री भेरेश्चुकले भनिन्।

सरकारको अनुरोधपछि ती क्षेत्रबाट सर्वसाधारण नागरिक सुरक्षित क्षेत्रतर्फ जान थालेका छन्। रुसले आफ्नो आक्रमणको केन्द्रबिन्दु पूर्वी युक्रेनलाई बनाउने यसअघि नै संकेत गरेको थियो। रुसी सेना पूर्वी युक्रेनलाई चारैतिरबाट हमला गर्ने योजनामा रहेको बताइन्छ।

यसैबीच अमेरिकाले रुसी राष्ट्रपतिका दुई वयस्क छोरीहरु र रुसी बैंकमाथि प्रतिबन्ध लगाएको छ। युक्रेनमा रुसले युद्ध अपराध गरेको आरोप लगाउँदै अमेरिकाले पछिल्लो कदम चालेको हो।

त्यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बुचा सहरमा रुसी सेनाले सर्वसाधारणको नरसंहार गरेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर