युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशसँग रुसभन्दा राम्रो हतियार भएको भए युद्ध समाप्त भइसक्ने बताएका छन् ।
उनले आफ्नाे सम्बाेधनका क्रममा भने, ‘मेरो सबै अन्तर्वार्ता र नेताहरूसँगको कुराकानीमा, मैले भनेको छु कि यो बिल्कुल गलत हो कि युक्रेन अझै वर्षौंदेखि आफ्ना सहयोगीहरूसँग भएका हतियार माग्न बाध्य छ।’
यदि युक्रेनलाई आवश्यक पर्ने हतियार र गोलाबारुद सहयाेगी देहहरूसँग छ भने स्वतन्त्रताको रक्षामा हजारौं युक्रेनीहरूको जीवन बचाउन मद्दत गर्नु उनीहरूको नैतिक कर्तव्य भएको उनले बताए।
देशले अझै पनि हतियारहरू पाएको खण्डमा यसले हजारौँको ज्यान बचाउने राष्ट्रपति जेलेन्सीकाे भनाइ छ । उनले खार्किभ र डोनबासका अन्य पूर्वी क्षेत्रहरूमा रुसको आक्रमण तीव्र भइसकेको र अब आवासीय क्षेत्रहरूलाई निशाना बनाउँदै गएको बताए ।
जेलेन्स्कीले मारिपोलबाट रुसी क्षेत्राधिकार अन्तर्गतका क्षेत्रमा बसाइँ सरेका हजारौँ मानिसको भविष्य अन्धकार भएको पनि बताए।