चीनको सांघाइमा कोभिडबाट एकै दिन ३९ जनाको मृत्यु

चीनको सांघाइमा कोभिडबाट एकै दिन ३९ जनाको मृत्यु
नेपालआईज
१२ वैशाख २०७९ १४:१९

सांघाइ । चीनको सांघाइमा कोभिडबाट आइतबार एकै दिन ३९ जनाको मृत्यु भएको त्यहाँको नेसनल हेल्थ कमिसनले जनाएको छ । आइतबार कोभिडका २२ हजार नयाँ संक्रमित भेटिएका थिए ।

साढे दुई करोड जनसंख्या भएको सांघाइमा पछिल्लो समय कोभिड संक्रमण बढ्दो क्रममा छ । बृद्ध र खोप नलागाएको ठूलो जनसंख्या कोभिडको जोखिममा रहेको स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन् । कोभिडबाट मृत्यु हुने अधिकांश बृद्धबृद्धा रहेको सरकारले दाबी गरेको छ ।

सरकारले कोभिडबाट मृत्यु हुनेमा खोप नलगाएका र दीर्घ रोगी भएको बताए पनि पछिल्लो पटक मृत्यु भएकामध्ये पाँच जनाले खोप लगाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

संक्रमितहरूको मृत्यु बढेसँगै चीनमा निर्मित खोपको प्रभावकारीताबारे केहीले प्रश्न उठाउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर