युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता

युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता
नेपालआईज
१९ वैशाख २०७९ २:२३

युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ ।

उनीहरूका बीचमा युक्रेनको पछिल्लो अवस्था र आवश्यक सहयोगका विषयमा कुराकानी भएको थियो ।

युक्रेनका लागि आवश्यक सहयोग र समन्वयका बारेमा कुराकानी भएको युक्रेनका राष्ट्रपतिले जानकारी दिएका छन् ।

उनले ट्वीटरमार्फत् सो जानकारी दिएको बताइएको छ । यसअघि उनले दुई दिन अघिमात्र पनि फ्रान्सेली राष्ट्रपति इमानुयन म्याक्रोँसँग पनि कुराकानी गरेका थिए ।

युक्रेनमा रुसले आक्रमण गरेपछि पछिल्ला समयमा युक्रेनका लागि मानवीय सहायताको खाँचो परेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर