काठमाडौँ । युक्रेनमा रुसको आक्रमणको दुई महिना बितिसकेको छ । यस बीचमा कैयौं हृदयविदारक घटना बाहिर आएका छन् । यसैबीच बारुदी सुरङ विष्फोटमा दुबै खुट्टा गुमाएकी युक्रेनी नर्स ओक्साना बलिन्दानाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो भिडियो युक्रेन संसदको आधिकारिक एकाउन्टबाट शेयर गरिएपछि भाइरल भएको छ । जसमा विष्फोटमा खुट्टा गुमाएकी नर्स आफ्ना श्रीमानसँग नाच्दै छिन् ।
मार्च २७ मा युक्रेनको लुहान्स्क क्षेत्रको लिसिचान्स्कमा रहेको आफ्नो घर जाँदै गर्दा नर्सलाई रुसी सेनाले आक्रमण गरेका थिए । यो घटनामा नर्सले दुवै खुट्टा गुमाएकी थिइन् । ओक्साना भन्छिन्, ‘जब विस्फोट भयो, त्यतिबेला म रोइरहेकी थिएँ, जब उसले मलाई देख्यो, म जमिनमा मुख छोरेर पल्टिएकी थिए, मेरो टाउकोमा गम्भीर चोट लागेको थियो । म निस्सासिएकी थिए, सास फेर्न गाह्रो भएको थियो । मेरो पछि आइरहेका मेरो भावी श्रीमान् भासिलिभ भने बचेका थिए ।
युक्रेनी संसदको एकाउन्टबाट सार्बजनिक गरिएको भिडियोमा उनीहरु दुबैको नृत्यको भिडियो अस्पतालका एक स्वयंसेवकले क्यामेरामा कैद गरेका थिए ।
यो सुन्दर फुटेजमा भिक्टर ओक्सानालाई अँगालो हालेको देख्न सकिन्छ । भिडियोलाई युक्रेनको संसदले ट्वीटरमा पनि साझा गर्दै भनेको छ, ‘एक अति विशेष प्रेम कथा’ ओक्साना र भिक्टरले विगत छ वर्षदेखि आफ्नो विवाह स्थगित गरेका थिए । उनीहरुले बिहेको समय पनि पाउन सकेनन् । मेडिकल एसोसियसनले दम्पतीको लागि विवाहको औंठी र ओक्सानाको लागि सेतो पोशाक किनेको थियो । अस्पतालका स्वयंसेवकहरूले केक तयार पारेका थिए । शल्यक्रिया केन्द्रको वार्डमा विवाह समारोह भएको थियो ।
विवाह पछि विक्टरले आफ्नी पत्नी ओक्साना एक धेरै बलियो महिला भएको बताए । विस्फोटपछि उनी बेहोस भएकी थिइनन्, उनलाई देख्दा म डराएको थिएँ । त्यतिबेला के गर्ने थाहा थिएन । कसैगरी अस्पताल पुर्याइयो । उनको एक महिनासम्म उपचार भएको थियो । डाक्टरहरूले धेरै प्रयास गरे। अन्ततः डाक्टरले उनको दुबै खुट्टा र देब्रे हातको चार औंला काट्नु पर्यो । भिक्टर र ओक्साना छ वर्षदेखि सँगै छन् र उनीहरूका बच्चाहरू पनि छन् ।
यो घटनापछि ओक्सानाको मनोबल टुटेको छ । उनी बाँच्न चाहँदैनन् । उनी भन्छिन् म यस्तो जीवन जिउन चाहन्न । मेरा दुई सन्तान छन् । म चाहन्नथें कि उनीहरूले मलाई यसरी देखून् । म आफ्नो परिवारको बोझ बन्न चाहन्नथे । पछि भिक्टरले उनलाई प्रेरित गरे र मैले पनि बुझे । यो जीवनको अंश हो । यदि भगवानले मलाई जिउँदै छोड्नुभयो भने यो मेरो भाग्य हो ।
यो घटनापछि उनी घर फर्किन चाहँदैनन् । उनी आफ्ना छोराछोरीको लागि धेरै चिन्तित छन् । … उनी भन्छिन् कि युद्ध समाप्त भएपछि धेरै चीजहरू हुनेछन् । म उसलाई गुमाउन डराउँछु, । रुन मन लाग्यो तर रुन सकिन । के भैरहेको थियो मैले केही बुझ्न सकिन । मैले माया गरेको मान्छे गुमाउनु मेरो लागि भयानक थियो ।
ओक्सनाका दुई सन्तान छन् । उनीहरुको ७ वर्षको छोरा र ५ वर्षकी छोरी छन् । मध्य युक्रेनका दुवै बालबालिका पोल्टाभा बालबालिकाहरू मध्य युक्रेनको पोल्टावा क्षेत्रमा आफ्ना हजुरबा हजुरआमासँग बस्दै आएका छन् । विवाहपछि यी जोडी जर्मनी जाने तयारीमा छन् । त्यहाँ ओक्सनालाई प्रोस्थेटिक खुट्टा लगाइने अपेक्षा गरिएको छ ।