एजेन्सी । अमेरिकाको फ्लोरिडामा एक व्यक्तिले तीन अश्वेत व्यक्तिको गोली हानी हत्या गरेका छन् ।
फ्लोरिडाको एक पसलमा एक मुखौटा लगाएका गोरा व्यक्तिले जातीय उत्प्रेरित आक्रमणमा तीन काला जातीका व्यक्तिहरूलाई गोली हानेर हत्या गरेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
ज्याक्सनभिलको शेरिफको कार्यालयका अनुसार २० वर्षका युवकले गोली हानेको र तर उनको अहिलेसम्म नाम खुलेको छैन । उनी आक्रमण शैलीको राइफल र ह्यान्डगन लिएर डलर जनरल आउटलेटमा प्रवेश गरेका थिए ।
गोली चलाउने क्रममा प्रहरीसँग झडप पनि भएको थियो । प्रहरीसँगको झडपपछि उनले आफैँलाई समेत गोली हानेको अधिकारीहरूले बताएका छन् ।