अस्ट्रेलियाका लामिछाने भन्छन् – ‘म आउँदै छु ‘ (भिडियो सहित )

अस्ट्रेलियाका लामिछाने भन्छन् – ‘म आउँदै छु ‘ (भिडियो सहित )
नेपालआईज
२८ मंसिर २०८१ १३:११

मेलबर्न ।  देश  छोडेर बिदेसिएपछि कतिपयलाई त नेपालमा मनाइने चाडबाडहरू आए गएको पनि पत्तो हुँदैन ।  व्यस्त -व्यस्तैमा विदेशमा समय बितेको वितिहरेको हुन्छ । अझ विद्यार्थी  जीवनको सङ्घर्ष त झन् पिडादायी नै हुन्छ ।  व्यस्त  विदेशको दैनिकीबाट  कहिले  कहीँ मुक्ति पाउनका लागि आफ्नै जन्मभूमिमा मातापिता र  आफन्तसँग  भेट गर्नु पर्छ भन्ने सन्देश सहितको म्युजिक भिडियो   ‘म आउँदैछु’  अस्ट्रेलियामा सार्वजनिक  भएको छ । 

उक्त म्युजिक भिडियोमा मेलबर्न निवासी उत्सव लामिछानेको  शब्द र सङ्गीत   रहेको छ । देश छोडेर  अध्ययनका  परदेसिएकाहरुको दिनचर्यामा आधारित रहेर यो म्युजिक भिडियो  बनेको हो । 

लामिछाने भन्छन् – ‘विदेशको व्यस्तताबाट  बाहिर निस्कनुपर्छ र बेलाबेला मातापिता तथा आफन्तसँगको  भेट्न नेपाल जाने समय पनि निकाल्नु पर्छ । ‘ उनी थप्पछन- ‘हामीले यसरी आफ्नो लागि पनि समय निकाल्ने हो भने हाम्रो मानसिक स्वास्थ्य  राम्रो हुन्छ । यही  सन्देश दिनका लागि मैले यो  चेतनामूलक म्युजिक  भिडियो निर्माण गरेको हुँ ।’

उक्त  भिडियोको म्युजिक ए रेन्जर कोविद बज्राचार्य हुन  भने  म्युजिक भिडियोमा  लामिछाने आफै र आविस्कार शर्माले  मुख्य भूमिका निभाएका छन् ।   म्युजिक भिडियोको  छायाँङ्कन तथा सम्पादन  मेलबर्न स्थित लेभल एक्स प्रोडक्सनका  विदुर दाहालले गरेका हुन्  । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर