एक आवेग, जीवनभरको पछुतो! अष्ट्रेलियामा प्रेमिकामाथि हातपात गर्दा भिसा रद्द

एक आवेग, जीवनभरको पछुतो! अष्ट्रेलियामा प्रेमिकामाथि हातपात गर्दा भिसा रद्द
नेपालआईज
७ असार २०८२ २०:४७

 

ब्रिसबेन । अष्ट्रेलियामा बसोबास गर्दा तपाईंले यदि कसैलाई शारीरिक आक्रमण गर्नुभयो र त्यो मुद्दा प्रहरी,अदालतसम्म पुग्यो भने, तपाईंको स्थायी बसोबासको अधिकार समेत गुम्न सक्छ। त्यसैले अष्ट्रेलियामा बसेका नेपाली र अन्य आप्रवासीहरूलाई यस्तो संवेदनशील कुरामा सचेत रहन जरुरी छ।

त्यही उदाहरण बनेका छन् एक बेलायती नागरिक, जसको अष्ट्रेलियन भिसा हालसालै रद्द गरिएको छ। साउथपोर्टस्थित आफ्नै प्रेमिकामाथि सिरानीले थिचेर हत्या प्रयास गरेपछि उनीमाथि आपराधिक कारबाही सुरु भयो। हाल उनी आप्रवासन विभागको निगरानीमा छन् र चाँडै नै देश निकाला गरिने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन्। Gold Coast Bulletin का अनुसार, अदालतमा प्रस्तुत प्रमाणहरूले ती युवकको हिंसात्मक प्रवृत्तिबाट समाजमा खतरा रहेको देखिएपछि भिसा रद्द गर्ने निर्णय गरिएको हो।

यो घटनाले स्पष्ट रूपमा देखाएको छ । पति–पत्नी, प्रेमी–प्रेमिका, साथीभाइको सम्बन्धमा जति तनाव भए पनि, कहिल्यै शारीरिक आक्रमणमा नउत्रनुहोस्। किनभने एकपटक कानुनी फन्दामा पर्नुभयो भने, तपाईंको अष्ट्रेलियाको सपनाको अन्त्य हुन सक्छ।

सुझाव: विवाद भयो भने समाधानका उपाय खोज्नुहोस्, कानुनी सेवा लिनुहोस् तर आवेगमा आएर हातपात नगर्नुहोस्। तपाईंको भविष्य तपाईंको संयम र सोचमाथि निर्भर हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर