एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा सन्तोष कुँवरद्वारा उम्मेदवारी घोषणा

एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा सन्तोष कुँवरद्वारा उम्मेदवारी घोषणा
नेपालआईज
१६ असार २०८२ ११:०५

ब्रिस्बेन | आगामी जुलाई २६ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचनलाई लक्षित गर्दै सन्तोष कुँवरले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्तिमा कुँवरले अष्ट्रेलिया आउँदा आफू अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा प्रवेश गरेको स्मरण गर्दै, एनआरएनए अष्ट्रेलियासँगको करिब एक दशक लामो यात्राको चर्चा गरेका छन्।

उनको संस्थागत यात्राः

  • एनआरएनए राज्य समन्वय परिषद्का सचिव
  • राज्य संयोजक (२०१७–२०१९)
  • आईसीसी सदस्य (२०१९–२०२१)
  • ओसेनिया क्षेत्रीय उपसंयोजक (२०२१–२०२३)
  • वर्तमान महासचिव

कुँवरले संस्थामा आफ्नो भूमिकालाई दिगो विकास, प्रविधिमैत्रीता, आर्थिक पारदर्शिता र सरकारी समन्वय जस्ता महत्वपूर्ण पक्षसँग जोड्दै उल्लेख गरेका छन् कि “एनआरएनए अष्ट्रेलियालाई संस्थागत रुपले अघि बढाउन” आफुले निरन्तर योगदान पुर्‍याएका छन्।

उनले वर्तमान कार्यकालमा अनिल पोखरेलको नेतृत्वमा संस्थाले नयाँ उचाइ प्राप्त गरेको उल्लेख गर्दै, महासचिवको हैसियतले त्यस सफलतामा आफू पनि न्यायसंगत ढंगले सहभागी भएको दाबी गरेका छन्।

आगामी कार्ययोजना सार्वजनिक हुने

कुँवरले अध्यक्ष पदका लागि तयार पारेको दुई वर्षे कार्ययोजना आगामी दिनमा पोस्ट र भिडियोमार्फत सार्वजनिक गरिने जनाएका छन्। साथै उनले सम्पूर्ण नेपाली समुदायबाट सुझाव, सल्लाह र समर्थनको अपेक्षा गर्दै आफूलाई सशक्त समर्थन दिन आग्रह गरेका छन्।

“हजुरहरुको साथ, सहयोग र समर्थनको लागि यसै पोष्ट मार्फत आब्हान गर्दछु,” कुँवरले भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर