क्यानबेराको प्रतिष्ठित इन्जिनियर अवार्डमा दुई नेपाली मनोनित

क्यानबेराको प्रतिष्ठित इन्जिनियर अवार्डमा दुई नेपाली मनोनित
नेपालआईज
२४ भदौ २०८३ ६:०९

क्यानबेरा / इन्जिनियर्स अस्ट्रेलियाले प्रदान गर्ने सन् २०२६ को ‘क्यानबेरा प्रोफेसनल इन्जिनियर अफ द इयर’ अवार्डका लागि नेपाली मूलका इन्जिनियर राजु अधिकारी र अमित पोखरेल मनोनित भएका छन्।

एयरसर्भिसेज अस्ट्रेलियामा कार्यरत अधिकारी राष्ट्रिय हवाई निगरानी प्रणालीका इन्जिनियरिङ सर्भिलेन्स विशेषज्ञ तथा प्राविधिक सल्लाहकार हुन्। सुरक्षा संवेदनशील हवाई यातायात व्यवस्थापन प्रणालीमा १५ वर्षभन्दा लामो अनुभव भएका उनले अस्ट्रेलियाका विभिन्न राष्ट्रिय परियोजनामा योगदान पुर्‍याएका छन्। उनी क्यानबेरामा रहेका नेपाली इन्जिनियरको व्यावसायिक विकासमा समेत सक्रिय छन्।

सेम्याट कन्सल्टेन्ट्समा कार्यरत पोखरेल १४ वर्षभन्दा लामो अनुभव भएका सिभिल इन्जिनियर हुन्। उनले नेपालका ऊर्जा तथा निर्माण परियोजना, विशेषगरी जलविद्युत्, सौर्य ऊर्जा र पूर्वाधार विकासमा इन्जिनियरिङ तथा व्यवस्थापकीय भूमिका निर्वाह गरेका छन्।

2 thoughts on “क्यानबेराको प्रतिष्ठित इन्जिनियर अवार्डमा दुई नेपाली मनोनित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर