Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले यूकेको बर्मिङ्घममा आफ्ना प्रेमीसँग एक ईश्लामिक समारोहकाबीच विवाह गरेकी छन्।
उनी र असेर मलिकले निकाहमा सहभागी हुँदै विवाहका लागि सहमति जनाएका थिए। २४ वर्षीय मालालाले विबाह आफ्नो जीवनकै ‘एउटा मूल्यवान् दिन’ प्रतिक्रिया दिएकी थिइन् ।
सन् २०१२ मा तालिबानको गोली हमलामा परेपछि पाकिस्तानी महिला अधिकारवादी मलालाले इङ्ग्ल्याण्डको वेस मिडल्याण्ड्स क्षेत्रमा शरण पाएकी थिइन्।
२४ वर्षकी मलाला १५ वर्षकी हुँदा पाकिस्तानमा तालिबानको हमलामा परेकी थिइन् जहाँ उनले किशोरीहरूको पढ्न पाउने अधिकारबारे बोलेकी थिइन्।
उत्तर-पश्चिमी स्वात उपत्यकामा लडाकुहरूले उनी चढेको स्कुल बसमा हमला गर्दा मलालासहित उनका अन्य दुई साथीहरू घाइते भएका थिए।
झण्डै ज्यान गुमाएको उक्त घटनापछि उनी र उनको परिवार ब्रमिङ्घममा सर्यो जसलाई उनले पछि ‘आफ्नो दोस्रो घर’ भनिन्।
१७ वर्षमा उनी नोबेल पुरस्कार पाउने सबैभन्दा काम उमेरकी व्यक्ति बनिन्।
पछि उनी अध्ययनका लागि अक्सफर्ड विश्वविद्यालय गइन् र एकजना अग्रणी मानवअधिकारकर्मी बनिन्।
मलालका पति असेर मलिक को हुन् ?
मलिक पाकिस्तान क्रिकेट बोर्ड पीसीबीको न्याश्नल हाई पर्फर्मेन्स सेन्टरमा प्रबन्धक छन्। उनले लाहोरको प्रतिष्ठित ऐचिङ्सन कलेज र लाहोर विश्वविद्यालयमा पढेका हुन्।
पीसीबीसँग जोडिनुअघि उनी पाकिस्तान सुपर लीगको एक टोली मुल्तान सुल्तान्ससँग समेत जोडिएका थिए।