इमरान खानको सरकार संकटमा, अविश्वास प्रस्तावमाथि अप्रिल ३ मा मतदान हुने

इमरान खानको सरकार संकटमा, अविश्वास प्रस्तावमाथि अप्रिल ३ मा मतदान हुने
नेपालआईज
१६ चैत २०७८ १२:३३

सत्ता गठबन्धनको दल मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्युएम)ले साथ छाडेपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई झड्का लागेको छ। एमक्युएमले विपक्षी दल पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)सँग हात मिलाएपछि प्रधानमन्त्री इमरान खानको पद धरापमा परेको हो। यससँगै सरकार अल्पमतमा परेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।

पाकिस्तानको तल्लो सदनमा ३६२ सांसद छन्। बहुमत कायमै राख्नका लागि सरकारलाई १७२ मत आवश्य हुन्छ। तर प्रधानमन्त्रीको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)सँग संसदमा १६४ सांसदमात्रै छन्।

एमक्युएमले सरकारको साथ छाडेसँगै विपक्षीसँग सांसद संख्या १७७ पुगेको छ। यसैबीच प्रधानमन्त्री इमरान खानले विदेशी षड्यन्त्र गरी आफ्नो सरकार ढाल्ने कोशिस भइरहेको आरोप लगाएका छन्।

पाकिस्तानको संसदमा प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पेश भइसकेको छ, जसमाथि सदनमा बिहीबार छलफल हुनेछ भने अप्रिल ३ मा अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ।

प्रधानमन्त्री खानले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर