रूसी र युक्रेनी विदेशमन्त्रीबीच दुई साताभित्र वार्ता हुने टर्कीको दाबी

रूसी र युक्रेनी विदेशमन्त्रीबीच दुई साताभित्र वार्ता हुने टर्कीको दाबी
नेपालआईज
१७ चैत २०७८ १४:०३

मस्को । रूसी विदेशमन्त्री सर्गेइ लाभरोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच वार्ता हुन सक्ने बताइएको छ ।

दुई नेताबीच दुई साताभित्र वार्ता हुन सक्ने टर्कीले बिहीबार जानाकारी दिएको छ ।

‘कम्तीमा एक वा दुई साता भित्रमा विदेशमन्त्री स्तरमा उच्चस्तरीय बैठक हुन सक्छ’, टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले एक टेलिभिजन अन्तर्वार्तामा भने ।

उनले अगाडि थपे, ‘यो महत्त्वपूर्ण छ कि दुबै पक्षहरू एकसाथ आउँछन् र स्थायी युद्धविराममा सहमत हुन्छन् ।’ सो वार्तामा टर्की मध्यथता गर्न इच्छुक रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर