अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा ६ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा ६ जनाको मृत्यु
नेपालआईज
२१ चैत २०७८ १२:४७

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। अरु १२ जना घाइते भएका छन्। साक्रामेन्टोको मध्य क्षेत्रमा आइतबार गोलीकाण्ड भएको हो।

रेस्टुरेन्ट तथा बारहरु रहेको क्षेत्रमा तीव्र गतिमा गोली चल्न थालेपछि सर्वसाधारणबीच भागदौड मच्चिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

गोली प्रहार गरेको आशंकामा अहिलेसम्म कोही पक्राउ परेका छैनन्। अनुसन्धान जारी रहेको भन्दै स्थानीय प्रहरी प्रमुखले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर