युक्रेनी रेल स्टेशनमा रुसी रकेट आक्रमणमा मृत्यु हुनेको संख्या ३९ पुग्यो

युक्रेनी रेल स्टेशनमा रुसी रकेट आक्रमणमा मृत्यु हुनेको संख्या ३९ पुग्यो
नेपालआईज
२५ चैत २०७८ १३:४७

काठमाडौँ । युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रुसले गरेको रकेट आक्रमणमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

पूर्वी युक्रेनको क्रमाटोर्स्कको एक व्यस्त रेल स्टेशनमा भएको रुसी रकेट आक्रमणमा अहिलेसम्म ३९ जनाको मृत्यु भएको सो राज्यका गभर्नरले जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ ।

सो आक्रमणमा ८७ जना घाइते भएको उनले जानकारी दिएका छन् । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् ।

रुसले युक्रेनको राजधानी किभ छोडेर पूर्वी क्षेत्रमा आफ्नो ध्यानकेन्द्रित गरेपछिको यो ठुलो आक्रमण भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर