किएभ नजिकैको बजार माकारिभमा सामूहिक चिहानसहितबाट १३२ जनाको निकालियो

किएभ नजिकैको बजार माकारिभमा सामूहिक चिहानसहितबाट १३२ जनाको निकालियो
नेपालआईज
२६ चैत २०७८ २:३६

युक्रेनको राजधानी किएभ नजिकैको बुचा क्षेत्रमा पर्ने माकारिभ बजारबाट १३२ जनाको शव संकलन गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय युक्रेनस्का प्राभ्दा वेबसाइटका अनुसार माकारिभ बजारमा रुसी सैनिकहरुले हत्या गरेका सर्वसाधारणको शव निकालिएको बजारका मेयर भाडिम तोकारले बताएका हुन् ।

अधिकांश शवहरु सामूहिक चिहानबाट निकालिएको मेयर तोकारले बताएका छन् । केही शव भने सडकमा अलपत्र अवस्थामा पनि पाइएको उनले जानकारी दिएको युक्रेनस्का प्राभ्दाले उल्लेख गरेको छ ।

युद्ध पूर्व १५ हजार मानिसको बसोबास रहेको माकारिभ बजार किएभबाट ५० किलोमिटर पश्चिममा पर्छ।

रुसको आक्रमणका कारण बजारका ४० प्रतिशत संरचना पुनर्निर्माण गर्नै नमिल्ने गरी ध्वस्त भएको मेयरले बताएका छन् । अहिले सो बजारमा एक हजार बासिन्दा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर