आर्थिक संकटले श्रीलंकामा औषधी पनि अभाव

आर्थिक संकटले श्रीलंकामा औषधी पनि अभाव
नेपालआईज
२ वैशाख २०७९ ४:५०

कोलम्बो । श्रीलंकामा चरम आर्थिक संकटका कारण औषधी अभाव हुन थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरूले विरामीलाई अत्यावश्यक पर्ने कतिपय औषधीको अभाव हुन थालिसकेकाले तत्काल व्यवस्था गर्न आग्रह गरेका हुन् । सरकारी अस्पतालहरूमा उपकरणको समेत अभाव भएको उनीहरुको भनाइ छ ।

अत्यावश्यक औषधी तथा उपकरणहरु छिमेकी तथा सहयोगी मुलुकहरुसँग तत्काल माग्नु पर्नेमा पनि उनीहरुले जोड दिएका छन् । श्रीलंकामा आर्थिक संकटका कारण केही हप्तादेखि आवश्यक धेरै बस्तुको अभाव देखिन थालेको छ भने मूल्य बृद्धि पनि अत्यधिक भएको छ ।

अभाव र मूल्य बृद्धिको विरोधमा नागरिक आन्दोलन सुरु भएपछि राजनीतिक संकट पनि थपिएको छ ।

आर्थिक संकट निम्तिने अवस्था ल्याउने तत्कालिन सबै मन्त्रीले राजीनामा दिएपछि अहिले केही नयाँ मन्त्री नियुक्त गरेर सरकार सञ्चालन भइरहेको छ । तर पनि प्रभावकारी काम हुन सकेको छैन ।

सरकारले समस्या समाधान गर्न ठोक कदम चाल्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर