भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ९७५ जना संक्रमित थपिएका छन्। शुक्रबार भारतमा ४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
यो तथ्यांकसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ३० लाख पुगेको छ भने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख २१ हजार पुगेको छ। हाल भारतमा ११ हजार १ सय ९१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।