चराचुरूङ्गीसहित १८३ जनावरलाई फ्रिजमा राख्ने व्यक्ति पक्राउ

चराचुरूङ्गीसहित १८३ जनावरलाई फ्रिजमा राख्ने व्यक्ति पक्राउ
नेपालआईज
४ वैशाख २०७९ १:३५

एजेन्सी । अमेरिको एरिजोनामा प्रहरीले एक व्यक्तिलाई फ्रिजमा कुकुर, बिरालो, चराचुरुङ्गीलगायत १८३ जनावर भेटिएपछि पक्राउ गरेको छ । ४३ वर्षीय माइकल प्याट्रिक टर्ल्यान्डले केही जनावरहरूलाई जीवितै फ्रिज गरेको स्वीकार गरेको मोहावे काउन्टी शेरिफको कार्यालयले जनाएको छ ।

उनीमाथि ९४ वटा पशु क्रुरता गरेको आरोप लगाइएको छ । घटनास्थलका तस्बीरहरू ‘पूर्ण रूपमा घृणित र हृदयविदारक भएको’ शेरिफकी प्रवक्ता अनिता मोर्टेनसेनले बताइन् ।

उनले भनिन्, ‘एक पशु प्रेमीका रूपमा म तिनीहरूलाई हेरेर रोइरहेको थिए ।’ अधिकारीहरूले टर्ल्यान्डकी श्रीमती ब्रुकलायन बेकको खोजी गरिरहेका छन् । एक महिलाले दिएको सूचनाको आधारमा उनी पक्राउ परेका थिए ।

ती महिलाले सर्पहरू प्रजनन गर्न टर्ल्यान्डलाई दिएकी थिइन् । तर, उनी केही महिनापछि बेपत्ता भएका थिए । टर्ल्यान्ड र उनकी श्रीमती घरबाट बाहिरिएपछि मालिकले आफूलाई सम्पर्क गरेको महिलाले प्रहरीलाई बताएकी छिन् ।

उनले जनावरलाई फ्रिजमा राख्नुको उदेश्य प्रष्ट नभएको बताइएको छ । जनावरलाई जिउँदै फ्रिजमा राखेर उनीहरूलाई यातना दिएको हुनसक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर