आसाममा चट्याङ लागेर १४ को मृत्यु

आसाममा चट्याङ लागेर १४ को मृत्यु
नेपालआईज
५ वैशाख २०७९ १२:४४

भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको छ । आइतबार त्यहाँ आएको भीषण वर्षा र चट्याङमा परेर ती नागरिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ । वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा समेत क्षति पुर्‍याएकाे छ । आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार आठ जनाको ज्यान गएको थियो भने आइतबार थप छ जनाको ज्यान गएको थियो ।

त्यहाँ चट्याङबाट मात्र अरू दर्जनौँ नागरिक घाइते भएकाे पनि अधिकारीहरूले जनाएका छन् । यस क्षेत्रमा वर्षासँगै पर्ने चट्याङले समय समयमा नागरिकको ज्यान जाने गरेको छ ।

शुक्रबारदेखि आइतबारसम्म जारी रहेको वर्षा, हावाहुरीले दशौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेर प्रभावित भएका बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर