नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमणका बिरामी बढ्न थालेका छन् । बुधबार नयाँ दिल्लीमा एक हजार नौ जना नयाँ संक्रमित भेटिएका थिए । संक्रमित बढ्न थालेसँगै कोरोनाको चौथौ लहर आएको हुनसक्ने आशंका गरिएको छ ।
कोरोना संक्रमणका बिरामी केही दिनयता लगातार बढ्दै गएका हुन् । कोरोना संक्रमण भएर अस्पताल भर्ना हुने बिरामीमा २७ प्रतिशत बालबालिका छन् ।
संक्रमण बढ्न थालेसँगै दिल्लीमा सरकारले मास्क नलगाउनेलाई भारु पाँच सय जरीवाना गर्ने नियम बनाएको छ । कोरोनाको तेस्रो लहर समाप्त भएपछि दिल्लीमा मास्क अनिवार्य थिएन । चौथो लहरको आशंका, मास्क नलगाउनेलाई जरीवाना, २७ प्रतिशत बालबालिका संक्रमित भेटिँदा पनि दिल्ली सरकारले विद्यालय भने नगर्ने भएको छ । विद्यालय बन्द नगर्दा संक्रमण बढ्नसक्ने भन्दै चिन्ता व्यक्त हुन थालेको छ ।