चार अमेरिकी सिनेटरको टोली आज साँझ नेपाल आइपुग्ने

चार अमेरिकी सिनेटरको टोली आज साँझ नेपाल आइपुग्ने
नेपालआईज
९ वैशाख २०७९ ३:४४

चारजना अमेरिकी सिनेटर र एकजना सांसदको टोली आज नेपाल आइपुग्ने भएको छ । नेपाल आउनेमा डेमोक्र्याटिक पार्टीका सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर, एड मार्की र तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स रहेका छन् ।

अमेरिकी सिनेटरको टोलीले शनिबारदेखि नेपालमा राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । सिनेटरको यो टोली नेपालसहित पोल्याण्ड, युएई, भारत र जर्मनीको ९ दिने भ्रमणमा निस्किएको हो ।

अमेरिकी सिनेटरको टोली आइतबार नेपालबाट फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनका पक्षमा समर्थन जुटाउन उनीहरू भ्रमणमा निस्किएका बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर