भारतले रुससँग हतियार किनेको विषयमा के भन्छ अमेरिका?

भारतले रुससँग हतियार किनेको विषयमा के भन्छ अमेरिका?
नेपालआईज
१० वैशाख २०७९ १२:१४

काठमाडौँ– अमेरिकाले भारत र रुसको सम्बन्धको विषयमा पुनः टिप्पणी गरेको छ। शुक्रबार अमेरिकाले भारतलाई रक्षा क्षेत्रमा रुसमाथि आफ्नो निर्भरता कम गर्नको लागि पुनः आग्रह गरेको छ।

अक्टोबर २०१८ मा भारतले रुससँग एस ४०० मिसाइल ‘डिफेन्स सिस्टम’ को पाँच एकाई किन्नको लागि ५ अर्ब डलरको सम्झौता गरेको थियो।
यो समय ट्रम्प प्रशासनले भारतले यो सम्झौता गरेमा अमेरिकाले भारतलाई प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो। अमेरिकाले टर्कीलाई यही मिसाइल खरिद गरेपछि प्रतिबन्ध लगाइसकेको छ।

पेन्टागनका सूचना अधिकारी जोन किर्वीले शुक्रबार यो विषयमा भारतलगायत अन्य देशसँग आफ्नो विचार प्रष्ट रहेको बताएका छन्। उनले भनेका छन्, ‘हामी भारतलगायत देशले आफ्नो रक्षाको लागि रुसमा निर्भर भएको हेर्न चाहँदैनौँ। हामी यो स्वाभावमा इमानदार छौँ र उनीहरुलाई यस्तो नगर्नको लागि अनुरोध गर्छौँ।’

अमेरिकाले भनेको छ, ‘यसको साथै हामी भारतको साथ आफ्नो रक्षा सहयोगलाई पनि प्राथमिकता दिन्छौँ। एक साता पहिला देखिएको जस्तै सम्बन्ध हामी अगाडि लैजान चाहन्छौँ। हाम्रो सम्बन्ध महत्वपूर्ण भएकै कारण हामी यसलाई अगाडि बढाइरहेका छौँ। भारत त्यो क्षेत्रलाई सम्मान गर्ने देश हो र हामी यसलाई सम्मान गर्छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर