म्याक्रोन लगातार दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित

म्याक्रोन लगातार दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित
नेपालआईज
१२ वैशाख २०७९ १:२७

एजेन्सी । इमानुएल म्याक्रोन लगातार दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । राष्ट्रपति चुनावको दोस्रो चरणको निर्वाचनमा म्याक्रोनले अति दक्षिणपन्थी उम्मेदवार मारिन ले पेनलाई पराजित गरेका हुन् ।

आइतवार सम्पन्न मतदानपछिको प्रारम्भिक अनुमानमा म्याक्रोनले ५८.८ प्रतिशत मत प्राप्त गरेका छन् भने उनकी प्रतिद्वन्द्वी मारिन ले पेनले ४१.२ प्रतिशत मात्रै मत प्राप्त गरेको फ्रेन्च मिडियाहरुले उल्लेख गरेका छन् ।

ले पेनमाथि म्याक्रोनको जित अपेक्षित नै बताइएको थियो । च्याम्प डे मार्स पार्क बाहिरको विशाल स्क्रिनमा म्याक्रोनको विजयको खबर बाहिरिएपछि उनका समर्थकहरू जम्मा भएका थिए । यी समर्थकहरूले एकअर्कालाई अँगालो हालेर र म्याक्रोनको नाममा नारा लगाएर खुसी व्यक्त गरेका थिए ।

म्याक्रोन दुई दशकमा दोस्रो पटक चुनाव जित्ने पहिलो फ्रान्सेली राष्ट्रपति हुन् । तर, दोस्रो पटक यो पद सम्हाल्ने उनी देशको तेस्रो राष्ट्रपति हुनेछन् । उनीअघि फ्रान्सका दुई राष्ट्रपतिले मात्रै लगातार दोस्रो कार्यकाल जित्न सकेका थिए ।

म्याक्रोनले राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल जितिसकेपछि एफिल टावर मैदानमा समर्थकहरूलाई सम्बोधन गरेका छन् । उनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिदै भने- ‘प्रिय मित्रहरू, सबै भन्दा पहिले धन्यवाद । तपाईंहरू सबैले आगामी पाँच वर्षको लागि ममाथि विश्वास गर्नुभएको छ । मलाई थाहा छ, म तपाईहरुको ऋणी बनेको छु ।’

म्याक्रोनले आफुले निष्पक्ष समाज छाहेको बताउदै आगामी वर्षहरू पक्कै कठिन हुनेछन्, तर ती ऐतिहासिक हुनेछन् र नयाँ पुस्ताको हितका लागि मिलेर काम गर्ने बताएका छन् ।

इतिहास रचेपछि म्याक्रोनले आफ्नी पत्नी ब्रिजिट र उनीहरूका छोराछोरीसँगै एफिल टावर नजिकै च्याम्प डे मार्समा सजाइएको मञ्चमा पुगेर राष्ट्रिय गान गाएका थिए । म्याक्रोनले पाँच वर्षअघि पनि यहाँका जनतालाई सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री जोनसनले म्याक्रोनलाई जितको बधाई दिदै फ्रान्स हाम्रो सबैभन्दा नजिकको र महत्वपूर्ण सहयोगी भएको बताएका छन् ।

दक्षिणपन्थी नेता मारिन ले पेनले आइतवार राष्ट्रपतिको दौडमा हार स्वीकार गर्दै वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोनलाई विजयी घोषणा गरेकी थिइन् । पेनले राष्ट्रपतिको चुनावमा आफ्नो अभूतपूर्व प्रदर्शन आफैमा एक शानदार जित भएको बताएकी छन् ।

यसपटक फ्रान्सका मुद्दासँगै रुस–युक्रेन युद्धको प्रभाव चुनावमा पनि देखिएको थियो । यससँगै म्याक्रोन र मेरिन हिजाब, मुस्लिम आप्रवासीहरूलाई आश्रय, बढ्दो मुद्रास्फीति र जलवायु परिवर्तन जस्ता मुद्दाहरूमा जनतासामु गएका थिए ।

स्पष्टवक्ता४४ बर्षिय म्याक्रोन आफ्नो अथक कूटनीतिक सक्रियताले अन्तर्राष्ट्रिय परिदृश्यमा आफ्नो लागि ठाउँ बनाएका छन् । ओपिनियन पोलमा, धेरै फ्रान्सेली नागरिकहरूले उनलाई राष्ट्रपतिको रूपमा प्रशंसा गरेका छन् भने उनलाई कोभिड महामारी महामारी र युक्रेन द्वन्द्व जस्ता ठूला विश्वव्यापी संकटहरूको सामना गर्न उपयुक्त नेता ठानेका छन् ।

म्याक्रोनले कोल नेसनल डी’एडमिनिस्ट्रेशनमा अध्ययन गरेका छन् भने एक वरिष्ठ निजामती कर्मचारी थिए, त्यसपछि केही वर्ष रोथस्चाइल्डमा बैंकरको रूपमा काम गरेका थिए । त्यसपछि उनी समाजवादी राष्ट्रपति फ्रान्सिस ओलान्डका आर्थिक सल्लाहकार बने । सन् २०१४ देखि २०१६ सम्म होल्यान्डको सरकारमा अर्थमन्त्री नियुक्त भएपछि उनी पर्दा पछाडिको भूमिकाबाट राजनीतिक दृश्यमा अगाडी आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर