ट्विटरका नयाँ मालिक बने एलन मस्क, ४४ अर्ब डलरमा किन्ने सहमति

ट्विटरका नयाँ मालिक बने एलन मस्क, ४४ अर्ब डलरमा किन्ने सहमति
नेपालआईज
१३ वैशाख २०७९ २:५४

एजेन्सी । सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक बनेका छन् विश्वकै धनी व्यक्ति एलन मस्क ।

सामाजिक ट्विटरको सञ्चालक समिति (बोर्ड) ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति इलोन मस्कको प्रस्तावमा सहमत भएको बीबीसीले जनाएको छ ।

मस्कले दुई साता अगाडि ट्विटरमा ‘व्यापक सम्भावना’ रहेको र ती सम्भावनाका ढोकालाई आफूले खोल्ने बताएका थिए।

सम्झौतासँगै मस्कले ट्विटरमा नयाँ सुविधा थप्दै, विश्वास बढाउने र ट्विटरलाई पहिलाको भन्दा राम्रो बनाउन चाहेको बताएका छन् ।
विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य शेअरधनी मस्कले अन्तरिक्षसम्बन्धी कम्पनी स्पेसएक्सको पनि नेतृत्व गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर