अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती महारानी एलिजाबेथ द्वितीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलको शाही उपाधि खोस्नुपर्ने बताएका छन्।
एक अन्तर्वार्ताका क्रममा उनी ड्युक र डचेज अफ ससेक्समाथि खनिएका हुन् । राजकुमार ह्यारी आफ्नो देशप्रति निकै बेइमान भएकोसमेत उनले आरोप लगाए।
दुवै जनालाई स्वदेश फर्किन प्रतिबन्ध लगाउनु पर्ने जनाउँदै ट्रम्पले महारानीले ‘सिधै यहाँ नआऊ भन्नु पर्ने’ बताए।
रानीको स्थानमा ट्रम्प भएको भए के उनले ह्यारी र मेघनको शाही उपाधि खोस्थे ? भन्ने एउटा प्रश्नको जबाफमा ट्रम्पले अगाडि भने, ‘हो मैले खोस्थेँ।’
पूर्वराष्ट्रपति ट्रम्पले राजकुमार ह्यारीको मेघनसँगको विवाहको ‘खराब अन्त्य’ हुनेसमेत भविष्यवाणी गरे। ड्युक अफ ससेक्स हात र घुडाँ टेकेर शाही जीवनमा फर्किन सक्ने उनकाे भनाइ छ।