मेक्सिकोको सिमेन्ट उद्योगमा झडप हुँदा ८ जनाको मृत्यु

मेक्सिकोको सिमेन्ट उद्योगमा झडप हुँदा ८ जनाको मृत्यु
नेपालआईज
१६ वैशाख २०७९ ८:३१

एजेन्सी – मेक्सिकोको सिमेन्ट उद्योगमा झडप हुँदा ८ कम्तीमा जनाको मृत्यु भएको छ।

मेक्सिकोको राज्य हिडाल्गोको सिमेन्ट प्लान्टमा कार्यरत कामदारका दुई विरोधी समूहबीच भएको झडपमा कम्तीमा आठ जनाको मृत्यु भएको र अन्य ११ जना घाइते भएको गभर्नर ओमर फयादले बुधबार बताएका छन्।

‘आज बिहान, प्लान्टको प्रवेशद्वारमा कामदारहरूको दुई समूहबीच भएको आक्रमण बारेमा ९११ आपतकालीन सेवाहरूमा रिपोर्ट गरिएको थियो’ फयादले ट्वीट गरेका छन्। झडपमा संलग्न नौ जना कामदारहरूलाई हिरासतमा लिइएको छ।

यो झडप प्लान्टको प्रशासनको नियन्त्रणलाई लिएर कामदारहरू बीचको लामो समयदेखि चलिरहेको विवादसँग जोडिएको स्थानीय मिडियाले रिपोर्ट गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर